हे जिन्दगी




जिन्दगीमा,

अति सुन्दर फूलहरू भेटिए,

हेरिरउ लाग्ने,

हेरेर कहिल्यै नथाक्ने  |


एक मनले भन्छ हेरिरउ,

मनको तृप्ति नमरुन्जेल,

अर्को मन भन्छ,

सपनी धेरै छन,समय छोटो छ,

अगाडि बढ ||


सपना नहुने मानव हुदैन,

लक्ष्य नहुने मानिस हुदैन,

हावा सरि बग्नुछ,

सूर्य अस्ताउनु भन्दा अगाडि पुग्नुछ ,

आहा ! कति सुन्दर फूलहरू |||


- श्रीशान्तकृष्पन


Previous Post Next Post